Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

७० वडामा सर्वसम्मत, आठमा निर्वाचन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

खोटाङ । नेपाली काँग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारी दिए ।

सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । जिल्लामा ६ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, खोटेहाङ , साकेला र बराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो । वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार