Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पोखरामा सेतो पुतलीको सन्त्रास


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

कास्की। दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा सेतो पुललीको सन्त्रास बढेको छ । आँखामा उक्त पुतलीको झुस परेमा आँखाको ज्योति नै गुम्न सक्ने भन्दै विज्ञहरुले यसको संक्रमणबाट बच्न सुझाएका छन् ।संक्रमणका कारण आँखामा लाग्ने खतरनाक रोग देखा परेको छ । आँखाको समस्या लिएर अस्पताल पुग्ने अधिकांश बिरामीमा सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने सापु (सिजनल हाइपर एक्युट पनुभिआइटिस) संक्रमणको असर देखिएको हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग विशेषज्ञ डा. हरिमाया गुरुङले बताइन् ।

दुई सातादेखि पोखरा क्षेत्रमा सेतो पुतलीको संख्यात्मक बृद्धि देखिएसँगै यसको झुस बिझेर आँखामा असर गरेको भन्दै अस्पताल आउने बिरामीको संख्या बृद्धि भएको उनले बताइन् ।डा.गुरुङका अनुसार दुई साताको अवधिमा सेतो पुतलीका कारण दुई दर्जनभन्दा बढी बिरामीहरु उपचारका लागि अस्पताल आइपुगेका छन् । दुई साताको अवधिमा सेतो पुतलीको झुस आँखामा परेर अस्पताल पुगेका ५ जनाको अप्रेसन गरिएको र तीन जनालाई काठमाडौंमा रिफर गरिएको उनले बताइन् ।

डा.गुरुङले सेतो पुतलीको झुस आँखामा बिझेर अस्पताल आउने केहीको अप्रेसन गरिएको र २० जना भन्दा बढीको सामान्य औषधि प्रयोग गरी उपचार गरिएको जानकारी दिइन् । ‘सेतो पुतलीका कारण आँखामा लाग्ने सापु रोगको समयमै उपचार नगरेमा दृष्टि नै गुम्न सक्छ,’ उनले भनिन्, ‘सेतो पुतलीको झुस आँखामा पसेको शंका लाग्ने बित्तिकै तुरुन्त आँखा अस्पतालमा जाँच गराउनु पर्छ ।’

सेतो पुतलीको झुस आँखामा परेपछि आँखा रातो हुने र सुनिने लगायतका समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको उनको भनाइ छ । पछिल्लो दुई हप्तामा सेतो पुतलीको झुस बिझेका कारण अस्पताल पुगेका बिरामीहरुको आँखामा संक्रमण भएर पिप जमेका कारण शल्यक्रिया गर्नु परेको डा.गुरुङले बताइन् । ‘सेतो पुतली संक्रमण भएमा आँखा रातो हुने, दुख्ने र आँखा बन्द हुने समस्या देखा पर्दछ, यदि यस्तो लक्षण देखिएमा तत्कालै आँखा अस्पताल गएर चिकित्सकलाई देखाउनु पर्छ,’ उनले भनिन् ।

सेतो पुतलीबाट संक्रमित भएका बिरामीलाई २४ घण्टाभित्र उपचारका लागि आँखा अस्पताल पु¥याएको अवस्थामा उपचार सम्भव हुने गुरुङले बताइन् । सेतो पुतलीको झुस बिझेपछि आँखामा संक्रमण भएर पिप जमेको अवस्थामा आखाँमा औषधि राख्ने, सुई लगाउने र अप्रेसन गर्ने जस्ता प्रक्रियाबाट उपचार गरिने उनले बताइन् । अस्पतालमा हालसम्म पोखरा सहित बागलुङ र म्याग्दी लगायतका जिल्लाबाट आँखाका बिरामीहरु आउने गरेको डा.महर्जनको भनाइ छ ।

५ वर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतलीको संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरिन् । सेतो पुतलीको संक्रमण भएको एक दिनभित्र उपचार गर्न आँखा अस्पतालमा पुगेकाहरुको शतप्रतित उपचार गर्न सकिने उनको भनाइ छ । ‘दुई दिनपछि गए ५० प्रतिशत आँखाको ज्योति गुम्ने जोखिम हुन्छ’, डा. गुरुङले भनिन्, ‘तेस्रो दिनपछि जाँदा ९० प्रतिशतमा आँखाको ज्योति गुम्ने खतरा हुन्छ।’सेतोपुतलीले आँखामा पु¥याएको असरको समयमै उपचार नभए आँखाको रेटिना सहितको भाग नै नष्ट हुने डा. गुरुङको भनाइ छ ।

साढे चार दशकअघि पोखरामै भेटिएको थियो सेतो पुतली आजभन्दा करिव ४५ वर्ष अघि पोखरामा सेतो पुतली भेटिएको दाबी चिकित्सकहरुले गरेका छन् । नेपालमै पहिलो पटक २०३२ सालमा यस रोग देखिएको थियो । त्यसबेला डाक्टर मदनकुमार उपाध्यायले यो रोग पत्ता लगाएका थिए । लामो अनुसन्धानपछि डाक्टर उपाध्यायले यस रोगलाई ‘सापु’ नाम दिएका थिए ।

पोखरामा यस रोग फैलिएपछि आवश्यक अनुसन्धानको लागि काठमाडौंबाट डा.उपाध्याय नेतृत्वको टोली पोखरा आएर अनुसन्धान गरेको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार