Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

किसानको प्रश्न : ‘आफ्नै वन प्रयोग गर्दा हामी तस्कर ?’


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बाग्लुङ । विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लाग्नुभएका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आएका छन् । विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदा समेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उनको गुनासो छ ।

“आफ्नै पारिवारिक वनबाट समेत काठ ल्याउँदा काठ तस्कर भनेर जेल हालियो, के हामीले राज्यको निकायमा दर्ता गरेर कर तिरेर समेत उद्योग सञ्चालन गर्न नपाउने हो”, उनले भने, “आफ्नै स्वामित्वमा रहेको वनबाट काठ ल्याउन समेत झन्झटिलो सरकारी प्रक्रियाले वन किसानहरू निराश छन्, राज्यले वनलाई प्रयोग गर्न रोक्ने होइन, यसलाई उत्पादनसँग जोडेर रोजगारीसमेत सिर्जना गर्न सहयोग गर्नुपर्दछ।” विश्वकर्माले काठ निकासीका लागि सबै प्रक्रिया पुर्याएर कर तिरे पनि विभिन्न बहानामा वन कार्यालय तथा प्रहरीले आफूहरूलाई दुःख दिने गरेको गुनासो गरे । राज्यलाई कर तिरेर करोडौँ लगानी गरेका फर्निचर व्यवसायी र १० हजार लगानी गरेर एउटा दराज बनाउने व्यवसायीबीच प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ ।

पारिवारिक निजी वनहरुको बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले वनलाई उत्पादनसँग नजोडी देश विकास नहुने भन्दै कानुनी सहजता हुनुपर्नेमा जोड दिएका थिए । नेपालमा निजी वनले आवश्यक काठको आधाभन्दा बढी माग पूरा गरेको भए पनि सामुदायिक वन तथा निजी वनलाई संरक्षणसँगै अधिकतम उपयोग गर्न सक्नुपर्ने बताइएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वनलाई दाउरा, घाँसमात्रै नभएर बहुउपयोगी, राम्रो काठ उत्पादन र फलफूलजस्ता क्रियाकलापसँग जोड्नुपर्नेमा गण्डकी प्रदेश सरकारले वन ऐन ल्याउन नसक्दा समस्या भएको बताए । कानुनमा वनलाई छुनै हुन्न भन्नेजस्तो छ, नेपालमा वनलाई उत्पादन, पर्यटन र रोजगारीसँग नजोडे वन केबल वनमा मात्रै सीमित हुने गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए ।

“गण्डकी प्रदेशले वन ऐन ल्याउन थालेको छ, ऐन नहुँदा वन किसान मर्कामा परेको धेरै गुनासो सुनियो”, उनले भने, “स्थानीय तहले समेत वन ऐन बनाएर अगाडि बढ्न आवश्यक छ, होइन भने हरियो वन नेपालको धन नारामा मात्रै सीमित रहनेछ ।” हरियो वन नेपालको धन भन्ने तर छुन नै नपाउने हो भने नेपालले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने उनले बताए ।

निजी वनका गण्डकी प्रदेश अध्यक्ष जीवन उचैले आफैँले लगाएको वन आफ्नै स्वामित्वमा भएको वनका काठ निकासी तथा बजारीकरण गर्न समेत वन कार्यालय धाउनुपर्ने, झन्झटिलो प्रक्रियालगायतका कारण वन किसान र उद्यमी मर्कामा परेको बताए ।

वन ऐन बनाएर गाउँपालिकाले वनको वैज्ञानिक व्यवस्थापनका लागि यस आवमा रु १० लाख विनियोजन गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । वनमा अब सल्लो रोपेर होइन, एभोकाडो, लोठ सल्ला, फलफूललगायतका आम्दानीसँग जोडिएका वृक्षरोपण गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष थापाले विकास निर्माणमा वन कार्यालयका कतिपय नियम बाधक भएको गुनासो गरे । रेश जोड्ने मोटरेबल पुल बनाउँदा ढुङ्गा फुटाउन नपाइने भन्दै वन कार्यालयले पटक–पटक फोन गरेको र पुल बनाउन वन कार्यालय बाधक बन्न नहुने बताए । निजी वनका केन्द्रीय अध्यक्ष जोकराज गिरीले सरकारसँग वन किसानका समस्या सम्बोधन गर्न लडिरहेको भए पनि हालसम्म सुनुवाइ र सम्बोधन हुन नसकेको बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार