Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

विराटनगरमा एक वर्षमा चालीस अर्ब राजस्व


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौं । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कुल ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व संकलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ ।

सो अवधिमा कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए ।

उनका अनुसार सो वर्ष कूल २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन भएको थियो । सोही वर्ष कार्यालयले कुल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात् ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरेको थियो ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ मा ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजस्व संकलन भएको थियो । सो अवधिमा ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात् १०५ दशमलव शून्य दुई प्रतिशत प्रगति गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा कुल ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजस्व संकलन गर्ने लक्ष्यमा ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजस्व संकलन गरेको थियो । यसैगरी, चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा कुल सात अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व संकलन गरेको छ ।

सो राजस्व साउन महिनामा तीन अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा तीन अर्ब ८६ करोड ९७ लाख १३ हजार संकलन भएको हो । यी दुई महिनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको सो कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा पनि राजस्व लक्ष्यभन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण रहेको बताइएको छ ।

गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व संकलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।

उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गरे ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार