Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्ने


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौं। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल स्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ। उक्त रेपोर्टअनुसार  कोभिड–१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ।

भनिएको छ (वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन(अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ।   स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न  र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ।

यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई  बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्विकार गरेको थियो ।

त्यस बारे चिनियाँ उपविदेश मन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिंगका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए। यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ, अमेरिकी खुफिया समुदाय (आईसी) का अनुसार  नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार