Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमान काठमाडौं फर्काउने निधो गरे :


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको हो । उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको जानकारी दिए ।

बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए ।

विमानको पाङ्ग्रा नै ननिस्किएपछि अब कसरी अवतरण गर्ने ? विमानस्थलमा हल्लीखल्ली मच्चिइसकेको थियो । कसरी फोर्स ल्यान्डिङ गराउने होला भन्ने चिन्ता एकाएक बढेको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गर्न थालिएको थियो ।

ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन एजी शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए । विराटनगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थियो । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो ।

विहान काठमाडौवाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि फेरी काठमाडौमै ल्याएर फोर्स ल्याण्डिगं गरिएको थियो । विमानमा सवार यात्रु सकुशल रहेका छन्। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानमा ७५ जना यात्रु सवार थिए।

विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन काठमाडौं फर्काइएको थियो। विमानमा समस्या आएको थाहा पाएपछि यात्रुहरु डराएका थिए । जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार