Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

विराटनगर । सोमनाथ अधिकारी ‘प्यासी’ले जितिया पर्वका उपलक्ष्यमा आज शुभकामना दिएका छन् । प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आराधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष अश्विनको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाइने सन्देशमा उनले उल्लेख गरेका छन् । उनले यस पर्वका अवसरमा आफन्तसितको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यस पर्वलाई महत्वका साथ हेरिने भए पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त नभई नसकेकाले यस परिप्रेक्ष्यमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई अत्यन्तै सावधानीपूर्वक भौतिक तथा सामाजिक दूरी कायम गर्दै जितिया पर्वलाई मनाउनुपर्ने बाध्यता भएको उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीले जितिया पर्वको लोकप्रियतालाई बचाइ परम्परागत संस्कृतिलाई जोगाउन सरोकारवाला सबैलाई अनुरोध गर्दै नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याई मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकास गर्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनी जुट्नुहुने कुरामा विश्वस्त रहेको सन्देशमा उल्लेख गरेका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार