Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

अस्पताललाई आइसियु बेड सहयोग


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

दैलेख ।  संघीयता कार्यान्वयनसँगै स्थापना भएको गुराँस अस्पताललाई आइसियु बेड सहयोग उपलब्ध गराईएको छ। गुराँस गाउँपालिकाले तीन बर्षअघि रानीमत्तामा सञ्चालनमा ल्याएको अस्पताललाई आइसियु बेड सहितको सामग्री उपलब्ध गराईएको हो।

सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सञ्चालित सहयात्रा-दोस्रो परियोजनाले अस्पताललाई दुई वटा आइसियु बेड सहयोग उपलब्ध गराएको हो। आइसियु बेड सहयोग प्राप्त भएपछि गुराँसका नागरिकहरुलाई उपचार सेवा प्रदान गर्न सहज हुने अस्पताल स्रोतको दाबी छ। अस्पताललाई आइसियु बेड सहित अन्य सामग्रीहरु समेत उपलब्ध गराएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बिसीले बताए। उनका अनुसार गुराँस गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयहरु, बाल विकास केन्द्रहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु तथा गुराँस अस्पतालका लागि १५ लाख ५ हजार बराबरको स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सहयोग वितरण गरिएको छ।

कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सामग्रीहरु सहयोग गरिएको बिसीले बताए।

‘लामो समयदेखि बन्द रहेका विद्यालयहरु हालै सञ्चालनमा आएको छ,’ बिसीले भने ‘विद्यालय पुःन सञ्चालनमा आएको अवस्थामा विद्यालयले पुरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई मध्यनजर गर्दै विद्यालयहरुलाई पनि सामग्री सहयोग गरिएको हो।’ उनका अनुसार गुराँस अस्पतालसहित गुराँस गाउँपालिकाका सामुदायिक विद्यालयहरु, बाल विकास केन्द्रहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरुमा दश हजार यूनिट बाटर क्लोरिन, तीन सय वटा पलाष्टिक बाल्टि, एक हजार २ सय ५० वटा साबुन वितरण गरिएको छ।

यस्तै तीन सय वटा टावेल, तीन सय वटा पलाष्टिक जग, एक हजार वटा टुथपेस्ट, आठ बजार वठा टुथ ब्रस, पाँच सय वटा सेनेटरी नैपकिन, ८० वटा जीपब्याग, एक सय ४५ वटा पल्सअक्सिमिटर वितरण गरिएको छ।

यसैगरी एक लाख थान सर्जिकल मास्क, तीन हजार थान ग्लोब्स, तनि सय थान फेस सिल्ड, पाँच सय एमएलको एक हजार दुई सय ५० बोटल ह्याण्ड सेनीटाइजर हजार एमएलको दुई सय बोटल ह्याण्ड सेनीटाइजर वितरण गरिएको बताईएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार