Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

नेपाली कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ।

वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका जिल्लाहरूमा आज प्रतिनिधि सभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन हुँदैछ। साथै महाधिवेशन प्रतिनिधिका लागि पनि आज चुनाव हुँदैछ।

प्रतिनिधि सभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुन्छन्। तिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनका मतदाता हुन्।

एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि एकैदिन अधिवेशन गर्ने तयारी कांग्रेसको छ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र भएका ठाउँमा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् तर एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा भने महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँछन्।

कांग्रेसले यही असोज १८ मा २१ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्दैछ। त्यसका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन भइसकेका छन् भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन आजदेखि छ।

कांग्रेसले अहिलेसम्म ६४ जिल्लामा वडा र पालिका अधिवेशन गरेको छ। अरू जिल्लामा पनि तल्ला तहका अधिवेशन सकेर दसैं-तिहार तथा छठलगत्तै पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन गर्ने तयारीमा कांग्रेस छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार