Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

अलैंचीको मूल्यमा सुधार


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

ताप्लेजुङ  । दसैं नजिकिँदै गर्दा नगदेबाली अलैंचीको मूल्यमा केही सुधार देखिएको छ । झापाको बिर्तामोडमा अलैंची प्रतिमन (४० किलो) ३९ हजार रुपैयाँका दरले कारोबार भएको छ । विगतका वर्षहरूमा प्रतिमन एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको थियो ।व्यवसायी ओम विमलीका अनुसार यो अघिल्लो दिनको तुलनामा एक हजारले कमी हो । मंगलबार प्रतिमन ४० हजारले कारोबार भएको थियो । बजारमा तीन किसिमको अलैंची कारोबार हुने गरेको छ । मंगलबार ग्रेडिङ गरेको ४३, ठूलो दानाको ४२ र अन्य अलैंची ४० हजारले कारोबार भएको बिमलीले बताए । ठुलो दाना छुट्याउने र पुच्छर काट्ने काम झापाको बिर्तामोडमा मात्रै हुन्छ । कतिपय किसान आफैंले पनि छुट्याएर पठाउँछन् ।

ताप्लेजुङ र पाॅचथरका ब्यवसायीले पनि ४० हजार मुल्य पाएका छन् । यो साउन अघिको तुलनामा सुधारिएको मुल्य हो । साउनअघि प्रतिमन अधिकतम २८ हजारमा कारोबार भएको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङका व्यवसायीले भने २५ हजार प्रतिमन रहेको बताएका छन् । यो मूल्य यो वर्षकै उच्च हो । बिर्तामोडका ब्यवसायी सुजित बम्सल ग्रेडिङ भएको अलैंची २७ हजार ५ सयसम्मले कारोवार भएको बताउँछन् ।

‘अलैंचीमा हजार/पाँच सय रुपैयाँ ५/५ मिनेटमा परिवर्तन भइरहन्छ,’ बंशलले भने, ‘हल्ला २८ हजारको पनि सुनेको छु, मैले ग्रेडिङ भएको २७ हजार, २७ हजार ५ सय र चालु माल २६ हजार, २६ हजार ५ सय सम्म कारोबार गरेको छु ।’

झापामा सबैभन्दा कम २३ हजार प्रतिमनले अलैंची खरिद गरेको उनले वताए । उत्पादन गर्ने ताप्लेजुङका किसानले भने सबैभन्दा कम १९ हजार रुपैयाँमा पनि बिक्री गरे । चाडबाड सकिएपछि बढेको मूल्यले अलैंचीमा केही आशा जगाएको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । ‘भारतको सिलगुडीमा ठूलो कारोबार गर्ने व्यापारीको ध्यान नेपालको अलैंचीमा गएको छ,’ कार्कीले थपे, ‘भारत असममा कारोबार गर्नेले नेपालमा ध्यान दिनु सकारात्मक बनेको छ ।’

स्रोतका अनुसार सिलगुडीका एक ठूला व्यापारीले बिर्तामोडमा गद्धी राखेका छन् । यो वर्ष असममा उत्पादन घटेकाले नेपालको अलैंचीको मूल्यमा सुधार भएको व्यवसायीको विश्वास छ । तर, बंशलले मूल्यका बिषयमा यसै भन्न नसकिने बताउँछन् ।

‘हाम्रो अलैंची भारत जाने हो, भारतमा कोभिड महामारी छ,’ उनले भने, ‘यो बेला पहिलो ध्यान दाल भातमा हुन्छ त्यसैले अहिलेको मूल्यलाई राम्रै मान्नुपर्छ जस्तो लाग्छ ।’ अध्यक्ष कार्की भने मूल्य अझै सुधारिएर जानुपर्ने बताउँछन् । नेपालबाट फूलबारी बन्दरगाह मार्ग भएर सीधै बंगलादेश निर्यातको पहल भइरहेकाले मूल्यमा सुधार हुने कार्कीको बुझाइ छ ।

बगानबाट अलैंची टिपिसकेर घरमा राखेका किसान यतिबेला मूल्यको पर्खाइमा छन् । साउनबाट टिप्न सुरु गरिने अलैंची मंसिरमा सकिन्छ । अधिकांश किसानले बोरामा लगाएर आफ्नै वा व्यापारीको गोदाममा राख्छन् । केहीले तत्काल बिक्री पनि गर्दै आएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै पाकिस्तान र खाडी देश जाने अलैंची नेपालमा वार्षिक ५ हजार टनको हाराहारीमा उत्पादन हुने गरेको छ । ४३ जिल्लामा विस्तार भएको अलैंची ताप्लेजुङमा मात्रै करिब ४७ प्रतिशत उत्पादन हुन्छ । ६१ वटा वडा रहेको जिल्लामा फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाबाहेक सबैतिर अलैंची खेती हुन्छ । प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य पछिल्लो वर्ष लगातार घटिरहेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार