Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

विदेशबाट फर्केर तरकारीखेती


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सल्यान । कपुरकोट गाउँपालिका–३ दमारखोलाका थमन गिरी १५ वर्षअघि रोजगारीका लागि मलेसिया गए । त्यहाँ १० वर्ष बिताएका उनी ५ वर्षयता गाउँमा फर्केर तरकारीखेतीमा रमाइरहेका छन् । मलेसियामा सोचेजस्तो कमाइ गर्न नसकेका उनले गत वर्ष झण्डै ८ लाख रुपैयाँ कमाए । ‘विदेशमा भन्दा यही कमाइ राम्रो हुँदो रहेछ,’ उनले भने, ‘अहिले अर्काको देशमा पसिना कमाउन गएकोमा पछुतो लाग्छ ।’

रोजगारीकै लागि कतार पुगेका शारदा नगरपालिका–६ बरलाका प्रदीप ओलीलेले पनि गाउँमै फर्किएर व्यावसायिक तरकारी खेती थालेका छन् । परदेशमा ३ वर्ष बिताएर फर्किएका उनको वार्षिक आम्दानी कम्तिमा ४ लाख रुपैयाँ छ । ‘विदेशको सीपलाई गाउँमा प्रयोग गरिरहेको छु,’ उनले भने, ‘गर्न सके गाउँमै विदेशभन्दा बढी कमाइने रहेछ ।’

सल्यानमा विदेशबाट फर्किएर तरकारी खेतीमा लाग्ने युवाको संख्या बढ्दै गएको छ । विदेशमा गएर पनि सोचेजस्तो प्रगति गर्न नसकेका र विदेशमा कृषिमै काम गरेका युवाहरूले गाउँमा कृषि व्यवसाय नै अपनाएका छन् । ‘छोटो समयमै धेरै कमाउने आशामा विदेश गइयो,’ बाग्चौरका कमल खत्रीले भने, ‘कमाउन नसकेपछि गाउँमै फर्किएर माछापालन र तरकारीखेती गरिरहेको छु ।’ २ लाख रुपैयाँ तिरेर मलेसिया गएका उनले दलालले झुक्याउँदा आफूले ठूलो दुःख पाएको बताए । पाइप कम्पनीमा सुपरभाइजरको काम हो भन्दै एजेन्टले विदेश पठाए पनि उनले त्यहाँ ‘लाइन म्यान’को काम गर्नुपर्‍यो । मासिक १ लाख रुपैयाँ कमाइ ह्न्छु भने पनि उनले ४० हजार मात्र तलब पाउथे ।

३ वर्ष विदेशमा पसिना बगाएका उनले आफ्नै ३ रोपनी जग्गामा ३ पोखरी बनाएर माछापालन गरिरहेका छन् । ‘कमन कार्प’ जातका माछा पालिरहेका उनले वर्षमा कम्तीमा २ सय क्विन्टल माछा उत्पादन गर्छन । माछाबाट वार्षिक ८ लाख रुपैयाँ कमाउने उनले थप ४ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । तरकारीबाट थप ४ लाख रुपैयाँ आम्दानी हुन थालेपछि उनले गाउँकै २ युवालाई समेत रोजगारी दिएका छन् ।

३ वर्ष मलेसिया बस्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किएका कपुरकोट गाउँपालिका–५ रिमका किसान नगेन्द्र घर्तीले तरकारी खेतीमा लागेपछि वार्षिक ४ लाख रुपैयाँ आम्दानी गरेर ४ जनाको परिवार सजिलै पाल्दै आएको बताए । उनले १५ रोपनी जग्गामा १० वटा टनेल बनाएर बेमौसमी तरकारी खेती गरिरहेका छन् । ‘साथीले लहैलहैमा लागेर विदेश गइयो,’ उनले भने, ‘त्यहाँको दुःख भुल्न तरकारी खेतीमा रमाइरहेको छु ।’

स्थानीय तह र जिल्ला कृषि विकास कार्यालयले कोरोना महामारीका कारण खाडीमुलुक तथा भारतका विभिन्न ठाउँबाट रोजगारी गुमाएर फर्किएकालाई कृषिमा अनुदान दिन थालेपछि युवाको आकर्षण थप बढेको हो । कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बजारको अभाव नहुँदा र तरकारीको भाउ बढ्दै जाँदा युवाहरू कृषि व्यवसायमा आकर्षित भएको बताए ।

‘व्यावसायिक कृषि गर्ने युवाहरू धेरै विदेशबाट फर्किएका छन्,’ उनले भने, ‘तरकारी खरिद गर्न व्यापारीहरू बारीमै पुग्ने गरेकाले पनि युवाहरूलाई कृषि व्यवसाय गर्न हौसला मिलेको छ ।’ उनले एकिन तथ्यांक नभए पनि विदेशबाट फर्किएका झण्डै ३ सय युवाले व्यावसायिक कृषि गरिरहेको जानकारी दिए । उनका अनुसार सल्यानबाट बर्सेनि करिब ४० करोड रुपैयाँको ताजा तरकारी जिल्लाबाहिर जाने गरेको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार