Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

भक्तपुरका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

भक्तपुर । यहाँका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा रहेका पाइएको छ ।

भक्तपुर नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा ती पसलमा फोहरमा मासु बिक्री गरेको पाइएको जनाएको छ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्तानै नगरी सञ्चालन गरेको पाइएको छ।

साथै पसलमा फोहर, झिङ्गा भन्किएको, मासु सफा गर्ने ठाउँनै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ समितिले जनाएको छ।

यसैगरी सरसफाइमा ध्यान नदिएको, भुइँ, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको निरीक्षक प्रजापतिले बताए।

बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ। दर्ता नभएकालाई अनगुमनकै क्रममा दर्ता गराइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार