Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

काँग्रेस अधिवेशनका क्रममा बाजुरामा झडप, एक प्रहरी घाइते


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बाजुरा।नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा आज भएको अधिवेशनका क्रममा झडप भएको छ।   जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था समान्य छ।

वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आजै राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए । कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ। जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार