Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पासाङल्हामु राजमार्गमा जोखिम बढ्यो, जनमानसमा त्रास


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

रसुवा । ठूलो ढुङ्गा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ।

कुनातर्फ रहेको एक विशाल ढुङ्गाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतह तर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो । सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनौं सवारीसाधन ओेहरदोहर गर्दै आएको छ । ढुङ्गा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ की भन्ने जनमानसमा त्राससमेत बढ्न थालेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने सो स्थानमा पुग्नासाथ ढुङ्गा पल्टिन्छकी भन्ने डरले मोटरको गतिलाई तीव्ररूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौँसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताए। आफूले सवारीसाधन गुढाइ ओहोरदोहर गर्दा ढुङ्गाको अवस्था हेर्ने गरेको र १०/१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुङ्गा बसेको सतह भागमा चिराचिरा भइसकेको चालक श्रेष्ठले जानकारी दिए ।

नेपाल चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालयमार्फत भूगर्भविद्ले छिट्टै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए ।

सो ढुङ्गा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन । ढङ्गा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर आम नागरिकमा त्रास देखिएको छ । भिरालो भूभागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असूली कार्यमा समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ ।

ढुङ्गाभन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ विसं २०६० देखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ । ढुङ्गा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्याउन सक्ने भएकाले सो ढुङ्गालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन् ।

नेपाल–चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गरेका छन् । सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुङ्गाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेँसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कून तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ ।

गल्छीदेखि मैलुङहुँदै स्याफ्रुबेँसीसम्मको सडक राजमार्ग सुधार एवं व्यवस्थापन कार्य अगाडि बढेता पनि गत असार १ गतेको भारी वर्षाले ठाउँ–ठाउँमा भिषण पहिरो गई जोखिम बढेपछि असारबाटै निर्माणका सबै गतिविधि रोकिएकाले याङयाङ खोलाको काम अगाडि बाँकी रहेको बताइएको छ ।

सो स्थानमा कार्य सुरू गर्नु पूर्व नै प्राकृतिकरूपले ढुङ्गा लच्किएपछि आफू गम्भीर रहेको बताउँदै प्रमुख भण्डारीले भने, “दसैँ लगत्तै सडकका प्राविधिक याङयाङ खोला केन्द्रित रहने छ ।”

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार