Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बागलुङ। हो, दशैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार रुपैयाँ पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार रुपैयाँ।

अब आफँै भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दशैँमा मिठोमसिनो खान नपाउनु ! यो प्रश्नले हर कोहीलाई बिझाएको हुनुपर्छ।

हिमालपारिबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ । पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन् । कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो।

व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दशैँलाई च्याङ्ग्रा ल्याएको बताए । भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उनले सुनाए । सदरमुकाममा मासु पसलसमेत चलाउँदै आएका केसीले एक किलो च्याङ्ग्रोको मासुलाई एक हजार ८ सय रुपैयाँमा बेच्दै आएका छन् ।

उनका अनुसार कतिपय पसलेले दुई हजार रुपैयाँसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोइनसक्नुभएका बेला यहाँका कुखुरापालक किसानले दशैँमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन् । भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ ।

गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३०० लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताए । साकिने, घाँटीखुइले, उल्टेलगायत लोकल जातका कुखुरा फार्ममा छन्।

“एक किलाको ७५० रुपैयाँ मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ”, उनले भने, “दशैँमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ ।” स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ ।

लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ। बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन् । पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो।

“दशैँमा च्याङ्ग्राको मासु महँगो भएर के भो र ? लोकल कुखुरा, खसीबोका छँदै छन् नी !”, उनले भने “ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन् ।” स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उनको भनाइ छ। उनले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५०० लोकल कुखुरा छन् । फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ ।

कडकनाथ, बेन्टम, सिल्की र पोलिस जातको आयातित कुखुरा पनि पालिएको छ । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की छन् । उपभोक्ताले इछ्याएको कुखुरा फार्मबाट किनेर लैजान सक्छन् । लोकल साकिने जातको भाले प्रतिकिलो ८०० रुपैयाँमा बिक्री भइरहेको उनले बताए। आयातित कुखुराको भाउ भने चर्को छ।

लोकल जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच/छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । खुला ठाउँमा चर्ने र गाउँकै दानापानी खाने भएकाले लोकल कुखुरा पौष्टिक र स्वादिष्ट हुन्छन् । “ब्रोइलर कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि दिनु पर्दैन”, उनले भने, “बारी र पाखामा छोडेर हुर्काउने गरिन्छ ।

रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लागेका छन् । चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्किएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उनले लोकल कुखुरामा आफ्नो भविष्य देखेका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार