Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

कैलाली । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा  हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले  नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए । धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार