Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२-३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने जानकारी दिए । “सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो”, कार्यकारी निर्देशक घिसिङले भने, “अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति हुने भएकाले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ ।” सर्लाहीमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् दिन सकिने पनि उनको भनाइ छ ।

पूर्वपश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ । सबस्टेसनमा १३२-३३ केभी, ६३ एमभिए र ३३-११ केभी, १६ एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलङ्गवा ३३÷११ केभी वितरण सबस्टेसनमा विद्युत् आपूर्ति दिइनेछ ।

सबस्टेसनको प्रारम्भिक काम आव २०७४÷७५ र मुख्य निर्माण आव २०७५-७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार