Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

याङवरकमा २५ करोडको लागतका तीन ठूला आयोजना निर्माण सुरु


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

पाँचथर । स्थानीय तहले पर्याप्त र अपेक्षित काम नगरेको भनेर बेलाबखत आलोचना हुने गर्छन् । कतिपय स्थानीय तहले बजेट नपाउँदा अत्यावाश्यक काम पनि गर्न नसकेको गुनासो गर्छन् । आलोचना र बजेट अभावको महसुस याङवरक गाउँपालिकाले पनि गरेको हो । निरन्तरताको प्रयास, माथिल्ला सरकारको सहयोग तथा स्थानीय आवश्यकतासँग जुध्दै सो गाउँपालिकाले पूर्वाधार विकासमा एक पछि अर्को गर्दै फड्को मारिरहेको छ ।

यही क्रममा आर्थिक वर्ष २०७८-७९ को सुरुवातमै गाउँपालिकाको महत्वका करिब २५ करोड रुपैयाँलागतका तीन ठूला पूर्वाधार आयोजनाको निर्माण थालेको छ । यसका लागि दुई आयोजनाको ठेक्का सम्झौता भइसकेको छ भने एउटाको बोलपत्र आह्वान भई निर्माण कम्पनी छनोट हुन लागेको छ ।

याङवरक–४ थर्पुको बरडाँडामा आधारभूत अस्पताल निर्माणको ठेक्का सम्झौता सम्पन्न गरेको छ । गाउँपालिकाले आह्वान गरेको ठेक्का प्रस्तावअनुसार गत साउन २१ गते आधारभूत अस्पतालको निर्माण सम्झौता भएको हो । गाउँपालिकाका इञ्जिनीयर शरद दाहालका अनुसार नमूना वीर जेभी मोरङले भ्याटसहित १४ करोड ५७ लाख २२ हजार ६४४ रुपैयाँको लागतमा आधारभूत अस्पताल निर्माणको ठेक्का पाएको छ ।

दुई ठूला ब्लकसहितको अस्पताल निर्माणकार्य २०८० साल भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न १५ श्य्याको अस्पताल निर्माण हुन लागेको हो ।

यस्तै गाउँपालिकाको पहिचानका रुपमा स्थापित याङवरक पोखरी संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागिसमेत ठेक्का सम्झौता सम्पन्न गरिएको छ । ‘निशान कालिका धाम तथा याङवरक पोखरी संरक्षण’ आयोजनाका लागि रु छ करोड ४४ लाख २५ हजार ९२ लागतमा पोखरीको संरक्षण तथा पर्यटकीय संरचना निर्माण हुन लागेको हो । सिएम–जोशी–आँशु जेभी काठमाडौँसँग गत भदौ २४ गते सम्पन्न सम्झौताअनुसार २०८१ साल असोज १ गतेभित्र निर्माणकार्य सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको इञ्जिनीयर दाहालले जानकारी दिए ।

यस आयोजनाअन्तर्गत याङवरक पोखरीको संरक्षणसहित पर्यटकीय संरचना, मन्दिरलगायत संरचना निर्माण हुनेछन् । गाउँपालिकाले विशेष महत्व दिएको यस स्थानमा व्यवस्थित संरचना निर्माण हुन लागेका हुन् । निशान कालिका धामतर्फ घेराबारा, मन्दिर पुनःनिर्माण, टायल विच्छ्याउने काम निजी तथा सरकारी लगानीमा करिब पूरा हुन लागेको छ ।

यस्तै गाउँपालिकाको लगानीमा बहुउद्देश्यीय कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । गाउँपालिकाले तीन ब्याडमिन्टन कोड, एउटा भलिबल कोड, ५०० दर्शक अटाउने प्यारापिट, बाहिरी सजावटसहितको कबर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । कबर्डहल निर्माणका लागि चार करोड तीन लाख रुपैयाँको लागत अनुमान गरिएको गाउँपालिकाका इञ्जिनीयर दाहालले जानकारी दिए ।

गाउँपालिकाले एकै पटक तीन ठूला पूर्वाधार निर्माणको सुरुआत गर्न लागेको हो । गाउँपालिकाले प्रशासकीय पूर्वाधार निर्माणलाई अगाडि बढाइ प्रशासकीय भवन र कार्यालय नभएका दुई वडामा वडा कार्यालय भवन निर्माण गरिरहेको छ ।

गाउँपालिकाको संस्थागत विकास तथा तीन तहको सङ्घीय संरचनाको सम्वद्र्धनमार्फत नागरिकलाई आफ्नै घर आँगनमा सेवा दिन यस प्रकारका संरचना निर्माणले ठूलो सघाउ पुग्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए।

गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले गाउँपालिका निर्माण भएपछि निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकालमै अत्यावश्यक पूर्वाधारका अधिकांश योजना निर्माण सम्पन्न हुने वा निर्माणको चरणमा पुग्ने बताए । उनले सेवा प्रवाहमा पूर्वाधारका संरचनाले ठूलो सहयोग गर्ने भएकाले गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार