Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

एमाले अधिवेशन : बाँकेमा ६ पालिकामा सर्वसम्मत


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बाँकेमा नेकपा (एमाले) ले ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले जानकारी दिए ।

ती पालिकामा आज पुनः नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापालाई सर्वसम्मत रूपमा चयन हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिए ।

खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन भएका छन् । जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित भएका छन् ।

राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिए ।

नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित भएका छन् । नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन भएका छन् ।

नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका चार वडामा वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लामा ८४ वडा रहेकामा बैतडीमा सोमबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका चार वडामा  अधिवेशन सम्पन्न भएको एमाले बैतडी सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्टले जानकारी दिए ।

सचिव भट्टाअनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२, ३, ४ र ८ मा अधिवेशन सम्पन्न भएको हो । २ मा उमापति भट्ट, ३ मा करनराम भुल, ४ मा तर्कराज भट्ट र ८ मा डम्बर विष्ट वडाध्यक्षमा चयन भएका हुन् । कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले  प्रदेश कमिटीले वडा र पालिका अधिवेशनको कार्यतालिका सारेकाले यहाँको अधिवेशन केही ढिला हुन गएको जनाइएको छ ।

चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ८४ वडा छन् । कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोहीअनुसार अधिवेशन भइरहेको जनाइएको छ ।

यसैबीच यही कात्तिक १५ गते जिल्लाका सबै स्थानीय तहका हुने पालिका अधिवेशनका लागि उत्प्रेरक तथा सहजकर्ता छनोट गरिएको छ । शिवनाथ गाउँपालिका र  मेलाली नगरपालिकामा जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लीलाधर भट्ट, पञ्चेश्वर गाउँपालिकामा केन्द्रीय सदस्य पुरन सिंह दयाल, पाटन नगरपालिकामा  प्रदेश कमिटी सदस्य मोहन थापा, सुर्नया गाउँपालिकामा प्रदेश कमिटी सदस्य नरेश विक, दशरथचन्द नगरपालिकामा प्रदेश कमिटी सदस्य पुष्करराज जोशीलाई उत्प्रेरक तोकिएको छ ।

यस्तै दोगडाकेदारमा जिल्ला उपसचिव चक्र कार्की, डिलाशैनीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल, पुर्चौडीमा सांसद दामोदर भण्डारी र सिगासमा जिल्ला कमिटी सचिवालय सदस्य रमिल बमलाई उत्प्रेरकका रूपमा खटाइएको सचिव भट्टले जानकारी दिए । एमालेको दसौँ महाधिवेशन आगामी मङ्सिर १०–१२ गतेसम्म  चितवनमा हुँदैछ ।

– रासस
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार