Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

ताप्लेजुङ कोरोना मुक्त


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

ताप्लेजुङम । कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका  सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका  थिए ।

तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६  सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार