Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

उपसभापति निधि र स्वीस प्रतिनिधिमण्डलबीच भेटवार्ता


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौं।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो ।

सो भेटमा उपसभापति निधिले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगको उच्च प्रसंशा गरेका थिए । सहयोगका लागि धन्यवाद दिँदै उनले  अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए  । उपसभापति निधिले नेपालमा कृषि, जलविद्युत्को क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए।

जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झण्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन् । नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लामा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार