Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

छिट्टै कर्मचारी व्यबस्थापन हुन्छ– मन्त्री बराल


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

गण्डकी । प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उहाँले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने, “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको हो । ”

प्राप्त बजेट बढीभन्दा बढी कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बरालले अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब रु पाँच अर्ब कम बजेट विनियोजन भएकाले प्राप्त बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताए ।

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले बजेट कार्यान्वयनको अवस्था बुझी कठिनायी भएका अवस्थामा सहजीकरण गर्ने उद्देश्यले जिल्लामा छलफल गरिएको जानकारी दिए । कोष लेखा तथा नियन्त्रण कार्यालय मुस्ताङका डालेश्वर अर्यालले प्राकृतिक स्रोत साधनबाट राजस्व सङ्कलन हुन नसकेको गुनासो गरे । स्वास्थ्य कार्यालय मुस्ताङका टीकाराम भण्डारीले मुस्ताङमा हाल दुई  होम आइसोलेसनका कोरोना सङ्क्रमित छन् भने जिल्लामा कोरोनाबाट हालसम्म १५ जनाको मुत्यु भएको जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले जिल्लामा छवटा बहुवर्षीय योजना भएको जनाउँदै यसै वर्ष उक्त योजनासहित अन्य दायित्व कार्यालयलाई करिब रु १४ करोड आवश्यक पर्ने भएको दाबी गरे । सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रामचन्द्र ढुङ्गानाले हालसम्म आफु मात्र एक कर्मचारी भएकाले काम गर्न कठिन भएको गुनासो गरे । हालै गठन भएको कार्यालयमा एक मात्र कर्मचारी हुँदा आफूले चाहेर पनि काम गर्न कठिन भएको उनको भनाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्थमन्त्रालयका शाखा अधिकृतद्वय केशव सुवेदी, डिल्ली सुवेदीलगायतका प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिले विकास निर्माणका बारेमा चर्चा गरेका थिए ।

यसैबीच, आइतबारै मुस्ताङमा आएको हिउँपहिरोमा परी घाइते भएकालाई मन्त्री बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिए । हिउँपहिरो गएको क्षेत्र घट्टेखोला क्षेत्रमा पुगेर समेत उनले स्थानीयलाई  सचेत रहन आग्रह गरेका थिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार