Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा बर्तौला निर्वाचित


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको आठौँ अधिवेशन सम्पन्न भएको छ ।

शनिबार टोकियोमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृत्व सर्वसम्मत चयन गरेको हो । नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वको उपाध्यक्षमा सुनिल देवकोटा, सागर कार्की, हरिचन्द्र बाँस्तोला, मिलन गैरे, गोपाल पाण्डे र रेशम केसी चयन भएका छन् ।

मञ्चको २१ सदस्यीय कार्यसमितिमा निरोज पाण्डे सचिव, जीवन पाण्डे र जनकलाल लामा सहसचिव चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा कुमार कोइराला, सहकोषाध्यक्षमा विनोद ढकाललाई चयन गरेको छ ।

जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय समितिको सदस्यमा गोकुल भट्ट, सन्तोष सापकोटा, अनुज केसी, प्रविन मगर, रवीन्द्र पाण्डे, तेजबहादुर थिङ, खगेन्द्रप्रसाद ढकाल, महाश्रम भण्डारी, अनिश रायमाझी, ताराबहादुर कार्की, विष्णुकुमार आङदाङ्वेलाई छनोट गरिएको छ ।

कार्यक्रममा प्रवास जनप्रगतिशील मञ्च जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्वअक्ष्यक्ष अरुणकुमार श्रेष्ठले नवनिर्वाचित नेतृत्वलाई शुभकामनासहित सङ्गठनात्मक धारणा राख्नुभएको थियो । यसैगरी जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरि पुडासैनी, एनआरएनए आइसिसी सदस्य श्रवणकुमार सत्याल, सङ्गठन विभाग प्रमुख तथा सदस्यता वितरण उपसमितिका केन्द्रीय संयोजक बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरि पाण्डे, जनप्रगतिशील मञ्चका पूर्व केन्द्रीय सचिव जनक सुवेदी, कान्तो क्षेत्रीय समितिका इन्चार्ज दावा शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार