थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए

२० जेठ, काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा गिफिन छन् । उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

सोमबार राति नेपाल एअर लाइन्सको उडानमार्फत उनीहरु काठमाडौं आएका थिए ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार