काठमाडौँ, २३ जेठः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
डिप्लोमा इञ्जिनियर्स एशोसिएसनको ४५औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यशालामा उहाँले विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा जोड दिनुभएको हो ।
उहाँले मन्त्री दाहालले डिप्लोमा इञ्जिनियरिङ काउन्सिल छिटै गठन हुने र त्यसको प्रक्रियासमेत सुरु भइसकेको बताउनुभयो ।
जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणका विषयमा कार्यशाला आयोजना गरिएको बताइएको छ ।