नेपालले जापानलाई ९ विकेटले हरायो

काठमाडौं, १० असार । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।

मंगलबार मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो ।

टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४.३ओभरमा सबै विकेट गुमाएर ८० रनमा बनाएको थियो ।

जारी प्रतियोगितामा यसअघि नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार