एसइईको नतिजा आज साँझ सार्वजनिक हुँदै

काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा शुक्रबार साँझ प्रकाशन हुनेछ ।

उहाँले भन्नुभयो, “आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।”

यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार