काठमाडौँ क्ष् मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध विशाल रन खडा गर्दै ऐतिहासिक प्रदर्शन गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको शानदार योगफल बनाएको हो।
नेपालको यस ऐतिहासिक योगफलमा प्रसिद्ध जैसीले सानदार ब्याटिङ गर्दै ११४ बलमा १५ चौका र १ छक्कासहित १३२ रनको अविस्मरणीय शतकीय पारी खेले। उनलाई रौनक श्रीवास्तवले ८८ रन (७१ बल, ८ चौका, २ छक्का) र जोय थापाले ५७ रन (४१ बल, ७ चौका) को अर्धशतकीय योगदान दिँदै राम्रो साथ दिए।
यस्तै, पारीको अन्त्यतिर परिमार्जन यादवले विस्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा ४ चौका र ८ छक्कासहित ७१ रन जोडेपछि नेपालले ४०० को आँकडा पार गर्न सफल भयो।
अब इन्डोनेसियालाई जितका लागि ४२१ रनको विशाल लक्ष्य प्राप्त भएको छ। नेपालले यस प्रतियोगितामा आफ्नो बलियो ब्याटिङ क्षमता प्रदर्शन गर्दै उपाधि यात्रामा महत्त्वपूर्ण कदम चालेको छ।