अकुव अहमदको परिवारलाई सरकारद्वारा पाँच लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौँ । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति बापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराउनुभएको हो ।उहाँले मन्त्रीपरिषद्को असार १३ गते बसेको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री परिषद्का अन्य १५ वटा निर्णय पनि सार्वजनिक गर्नुभयो । जस मध्ये, सार्वजनिक खरिद निर्णयको संक्षिप्त ब्यहोरा समितिको अध्यक्षमा पूर्व सचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरु रोहित कुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने, विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने सरकारको निर्णय छ ।

त्यस्तै, आगामी असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने हाई लेवल इन्टरेजिनल एक्नलेज एक्सचेन्ज अन वन कन्ट्री वन प्रोप्राइटर प्रडक्ट(ओसिओपी) मोडेल्स् कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, खानेपानी र सरसफाई क्षेत्रको महत्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइम मिनिस्टीरियल कमिट्मेन्टः ‘अ नेस्नल ट्रान्सफमेसन इन एन्ड थ्रु’, वाटर, सेनिटेशन एन्ड हाइजिन विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने, सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र वसन्तराज पुरी, धनकुटा तथा गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने, कर्जा असुली न्यायाधिकरणको आ।व। २०८१÷८२ का लागि आवश्यक अधिकृत स्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

साथै, नेपाली सेनाका एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, फ्रान्सको पेरिसमा आयोजना हुने ४७ औँ सेसन अफ द वल्र्ड हेरिटेज कमिसनमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा राम शरण पुडासैनी, काठमाडौँलाई नियुक्त गर्ने, प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने, नेपाल र भारत सरकारबिच हस्ताक्षर हुने कोअपरेशन इन द फिल्ड अफ हेल्थ एन्ड मेडिसियन विषयक समझदारीपत्र स्वीकृत गर्ने पनि सरकारको निर्णय छ ।

नेपाल र भारतबिच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने, राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने, खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने सरकारका निर्णयहरू रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार