गुराँस नानीलाई दुर्गेशको मोबाइल उपहार

काठमाडौं । पछिल्लो गीत ‘जाने भए जाम माया’ को सफलतापछि गायक दुर्गेश थापा अहिले अस्ट्रेलिया टुरमा हुनुहुन्छ । त्यता जानुअघि उहाँ ‘अनर’ ब्राण्डको मोबाइलका व्यवसायिक दूत बन्नुभएको थियो ।

ब्राण्ड एम्बेसडर बनेबापत उहाँले कम्पनीबाट एक्सी सिक्स सी मोडलको स्मार्टफोन पाउनुभएको थियो । तर, दुर्गेशले यो फोन उक्त हिट गीतकी मोडल गुराँस नानीलाई उपहारस्वरुप दिनुभएको छ ।

अस्ट्रेलियाबाटै स्टाटस लेख्नुहँदै दुर्गेशले आफूले उक्त फोन गुराँस नानीलाई गिफ्टस्वरुप दिने बताउनुभएको छ । उहाँ लेख्छन्, ‘गुराँस ननी, हजुरको सपना, कलाकारिताको चाहना र हजुरको शैलीलाई मन पराएर नै हामीले पछिल्लो समय हजुरसँग सहकार्य ग¥यौं, जसले खनिकै सफलता प्राप्त गरेको छ । म ‘अनर’ मोबाइको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो एक्स सिक्स सी फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ । अब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान – दुर्गेश थापाको तर्फबाट ।’

दुर्गेशले गुराँसलाई दिनुभएको अनरको यो मोडलको फोन जुलाई १३ मा नेपाली बजारमा उपलब्ध भएको हो ।

दुर्गेश र सिसन बानियाँको उक्त गीतमा गुराँस नानीको पनि अभिनय छ । यो गीतले २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड रचेको छ । साथै, ३ दिनभित्रै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश हुने र अमेरिकाको युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो ।

यो गीतलाई अहिलेसम्म झण्डै ८० लाख पटक हेरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार