प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको भ्रमण गर्नुहुने

काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानको औपचारिक भ्रमण गर्नु हुने भएको छ । उहाँको भ्रमण २०८२ साउन १८ देखि साउन २३ गतेसम्म हुने तय भएको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय बिहीबार सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

परराष्ट्र मन्त्रालयसँग सम्बन्धित निर्णय सुनाउँदै मन्त्री गुरुङले भन्नुभयो, ‘‘यही साउन १८ देखि २३ गतेसम्म थर्ड युनाइटेड नेसन्स कन्फ्रेन्स अन ल्यान्डलक डेभलपिङ कन्ट्रिज् (एलएलडिसिथर्ड) मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र उक्त भ्रमण स्वीकृत गर्ने ।’’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार