एसइई ग्रेडवृद्धि पुरक परीक्षाका लागि चार केन्द्र निर्धारण

चन्द्रपुर (रौतहट), साउन २२ गते । रौतहटमा शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि पुरक परीक्षाका लागि चार वटा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटका निमित इकाई प्रमुख उपेन्द्र सिंहका अनुसार आउँदो साउन २९ गतेदेखि सञ्चालन हुने एसइई ग्रेडवृद्धि पुरक परीक्षाका लागि चार वटा केन्द्र निर्धारण गरिएको हो ।

गौर नगरपालिकास्थित जुद्ध माध्यमिक विद्यालय, गरुडा नगरपालिकास्थित मावि गरुडा बैरिया, वृन्दावन नगरपालिकास्थित मावि बरगजवा र चन्द्रपुर नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा परीक्षामा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटका निमित इकाई प्रमुख सिंहले जानकारी दिनुभयो ।

जुद्ध माध्यमिक विद्यालय गौरमा ३६ वटा बिद्यालय, मावि गरुडा बैरियामा ३५ वटा विद्यालय, मावि बरगजवामा १४ वटा विद्यालय र जनज्योति माध्यमिक विद्यालय मा २१ वटा बिद्यालयको परीक्षा केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ ।

ग्रेडवृद्धि पुरक परीक्षामा साधारण नियमिततर्फ र प्राविधिक धारतर्फ गरी कुल तीन सय ५८ परीक्षार्थीले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाई रौतहटका निमित इकाई प्रमुख सिंहले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार