राजगढमा वडा अध्यक्षको निधन

कल्याणपुर (सप्तरी) भदौ ४ गते । सप्तरीको राजगढ गाउँपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ । गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्ष दुःखीलाल भनिने देवेन्द्र साहको मङ्गलबार राति उपचारको क्रममा निधन भएको हो ।

७० वर्षीय वडा अध्यक्ष साहको उपचारका क्रममा चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिनुभयो ।

अध्यक्ष मण्डलका अनुसार साह लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनुभएको थियो ।

२०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साह ४९७ मत ल्याएर जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित हुनुभएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार