हैजा नियन्त्रणका लागि वीरगञ्जमा चिकित्सक टोली परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाण्डौ – केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको व्यवस्था मिलाउन निर्देशन पनि दिनुभएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच पनि वीरगञ्जमा फैलिएको हैजा सङ्क्रमण नियन्त्रणबारे छलफल भएको छ । पालिकासँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवम् निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार