Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

केपी ओलीले जति नै गाली गरे पनि माधव नेपाल पार्टी एकताकै पक्षमा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता नेपालले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताए।

‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु,’ नेता नेपालले बैठकमा भनेका कुरा उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’

आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय गरेको छ।

आजको केन्द्रीय कमिटी बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेकोमा अधिकांशले सम्मानजक पार्टी एकतामा जोड दिएका थिए। बाँकी काम स्थायी कमिटीले टुंग्याउने गरी केन्द्रीय कमिटी बैठक सकिएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार